भाद्र १३, वीरगञ्ज । वीरगञ्ज महावाणिज्य दूतावासका कन्सुल (ICS) CGI शशिभूषण कुमारको सरुवा भएको अवसरमा बुधबार राति वीरगञ्जको होटल भिषवामा एक भव्य विदाई कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा वीरगञ्ज क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, व्यावसायिक समुदायका प्रतिनिधिहरू, र अन्य अतिथिहरूको उपस्थिती रहेको थियो। सहभागीहरूले शशिभूषण कुमारको आगामी कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गर्दै, उनलाई वीरगञ्ज महावाणिज्य दूतावासका राजदूत बनेर पुनः फर्किनको शुभेच्छा दिएका थिए ।
विदाई समारोहमा शशिभूषण कुमारले वीरगञ्ज महावाणिज्य दूतावासमा आफ्नो कार्यकालको दौरान पाएको अनुभव र यहाँको जनताको सद्भावलाई सम्झनामा राख्ने बताउँदै, सबैलाई धन्यवाद व्यक्त गरे। उनले वीरगञ्जसँगको आफ्नो सम्बन्ध सदैव विशेष रहने र आगामी दिनमा पनि यस क्षेत्रमा योगदान पुर्याउने आश्वासन दिए ।
अन्त्यमा, शशिभूषण कुमारको योगदानको कदर गर्दै उनलाई सफलताको शुभकामना व्यक्त गरियो। कार्यक्रमको समाप्तिमा कुमारको विदाई सम्मान स्वरूप रात्रिभोजको पनि व्यवस्था गरिएको थियो । यो विदाई कार्यक्रमले वीरगञ्जका जनतासँगको शशिभूषण कुमारको दीर्घकालीन सम्बन्ध र योगदानलाई सम्मानित गर्यो।
दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।