वीरगञ्जमा स्माईल डेन्टल केयर एण्ड पोलिक्लिनिक सञ्चालन

वीरगञ्जमा स्माईल डेन्टल केयर एण्ड पोलिक्लिनिक सञ्चालन

भाद्र २५, वीरगञ्ज । वीरगञ्जको लिंकरोडस्थित कुमु प्यालेसको छेउमा स्माईल डेन्टल केयर एण्ड पोलिक्लिनिक सञ्चालनमा आएको छ । यसअघि लिंकरोडकै अर्को स्थानमा रहेको यो क्लिनिक अहिले नयाँ ठाउँबाट परिस्कृत ढंगले सञ्चालनमा आएको हो ।

शनिवार बिहान आयोजित उद्घाटन कार्यक्रममा नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सयुँक्त रुपमा क्लिनिकको उद्घाटन गरे। प्रमुख अतिथी यादवले उद्घाटन समारोहमा बोल्दै, “स्वास्थ्यमा दन्त उपचारको महत्त्वपूर्ण भूमिका रहेको छ र यस क्लिनिकले वीरगञ्जमा अत्याधुनिक सेवा प्रदान गर्नेछ,” भने । मेयर सिंहले पनि आफ्नो मन्तव्य राख्दै, “वीरगञ्जमा दन्तसम्बन्धी समस्या समाधान गर्न यो क्लिनिकले ठुलो योगदान गर्नेछ,” बताए ।

कार्यक्रममा क्लिनिकका प्रबन्ध निर्देशक आमिर आलमले भने, “करिब ३० लाखको लगानीमा सञ्चालित यस क्लिनिकमा आरसिटी, क्याप लगाउने, डेन्टल इम्प्लान्ट लगायतका अत्याधुनिक सेवाहरू उपलब्ध छन्,” भने । साथै, उनले १० जनाले रोजगारी पाएको जानकारी पनि दिए ।

उद्घाटन कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी, पूर्व मन्त्री करिमा बेगम, जिल्ला समन्वय समितिका पर्साका पूर्व प्रमुख नेकमहमद अन्सारी, पर्सागढी नगरपालिकाका कार्यापालिका सदस्य अस्लम आलम लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

 

लेखकको बारेमा

  • दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस