असोज ११, काठमाडौँ । काठमाडौँ उपत्यका भएर बग्ने नदीहरूमा शुक्रबार आएको बाढीले खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उपत्यकाका बागमती नदीको खोकना, गौरीघाट, बल्खुमा खतरा तह पार गरेको हो ।
विभागका अनुसार बलम्बु र विष्णुमती नदीमा आएको बाढीले गोङ्गबु बसपार्कमा खतरा तह पार गरेको छ । विभागले पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै काठमाडौँ महानगरपालिकाले पनि शुक्रबार सूचना जारी गर्दै खोला आसपासका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ ।
बिहीबार रातिदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
#उपत्यकाका नदी