न्यायाधीश सिफारिस

जाँदाजाँदै प्रधानन्यायाधीश श्रेष्ठले गरे उच्च अदालतहरुमा न्यायाधीश सिफारिस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ११, शुक्रबार (७ महिना अघि)
  • ५३ पटक पढिएको
जाँदाजाँदै प्रधानन्यायाधीश श्रेष्ठले गरे उच्च अदालतहरुमा न्यायाधीश सिफारिस

असोज ११, काठमाण्डौँ ।   न्याय परिषद्ले उच्च अदालतहरुमा न्यायाधीश सिफारिस गरेकाे छ

शुक्रबार बसेको न्याय परिषद्को बैठकले देशभर रिक्त रहेका उच्च अदालतमा न्यायाधीशहरु सिफारिस गरेको हो।

उच्च अदालत विराटनगरमा ओखलढुंगा इजलास हेर्नेगरी हरिप्रसाद भण्डारी र धिरबहादुर चन्द सिफारिस भएका छन्। उनीहरु दुबैजना उच्च अदालत जनकपुरमा राजविराज इजलासमा थिए। त्यस्तै उच्च अदालत पोखरामा नितिबाबु लामिछाने बाग्लुङ इजलास हेर्नेगरी सिफारिस भएका छन्। उनी उच्च अदालत विराटनगरको ओखलढु‌ंगा इजलासमा थिए। उच्च अदालत तुलसीपुरमा नेपालगंज इजलास हेर्नेगरी सुभाष पौडेल र बुटवल इजलास हेर्नेगरी किरणकुमारी गुप्ता सिफारिस भएका छन्। पौडेल सोही अदालतमा बुटवल इजलासमा थिए भने गुप्ता नेपालगञ्ज इजलासमा थिए। उच्च अदालत सुर्खेतमा जुम्ला इजलास हेर्नेगरी श्यामजी प्रधान सिफारिस भएका छन्। उनी उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा थिए। यस्तै सोही अदालमा बुटवल इजलास हेरेका सोमकान्त मैनाली सोही अदालतमा न्यायाधीसमा सिफारिस भएका छन्।

उच्च अदालत पाटनमा राधाकृष्ण उप्रेती र कविप्रसाद न्यौपाने न्यायाधीश सिफारिस भएका छन्। उप्रेती उच्च अदालत जनकपुरमा  राजविराज इजलासमा थिइन् भने न्यौपाने उच्च अदालत दिपायलमा महेन्द्रनगर इजलासमा थिए।

#न्यायाधीश सिफारिस

ताजा अपडेट

खोजी गर्नुहोस