झ्याप्लेखोला पहिरोमा परेका बस र माइक्रोबाट थप १० जनाको शव निकालियो

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ आश्विन १३, आईतबार (७ महिना अघि)
  • १४३ पटक पढिएको
झ्याप्लेखोला पहिरोमा परेका बस र माइक्रोबाट थप १० जनाको शव निकालियो

असोज १३,काठमाडौँ । झ्याप्ले खोलामा पुरिएको भेटिएको अर्को माइक्रोबस चितवनबाट काठमाडौं आइरहेको माइक्रोबस रहेको खुलेको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उक्त हायस चितवनबाट आउँदै गरेको बा ३ ज १३४५ नम्बरको हायस रहेको खुलेको छ।

हायसबाट १० जनाको शव निकालिएको छ। योसँगै आइतबार मात्रै झ्याप्लेखोलाबाट निकालिएको शव संख्या १३ पुगेको छ।

बिहान पुरिएको बसबाट तीन जनाको शव निकालिएको थियो। शनिबार यही पहिरोमा पुरिएको विंगरबाट १४ जनाको शव निकालिएको थियो ।

उक्त बस गोरखाबाट काठमाडौं जाँदै गरेको बस हुनसक्ने अनुमान गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस