मौसम

देशभर मनसुनी वायुको प्रभाव : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १४, सोमबार (७ महिना अघि)
  • ६३ पटक पढिएको
देशभर मनसुनी वायुको प्रभाव : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

असोज १४, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।

उक्त प्रभावका कारण आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राती कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

#मौसम

 

ताजा अपडेट

खोजी गर्नुहोस