सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिस भएका प्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी दर्ता भएका छन् । प्रक्रियागत र व्यक्तिगत गरी उनीविरुद्ध ६ वटा उजुरी दर्ता भएका हुन् । संसद् सचिवालयका अनुसार उजुरीको पोका आज खोलिने छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि गत भदौ ३१ मा बसेको संवैधानिक परिषद्को बैठकले सिफारिस गरेका राउतविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो । असोज ३ को समितिको बैठकले १० दिनको समय दिएर राउतविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको थियो ।