आन्तरिक उडान

दसैँमा बिहान साढे चार बजेदेखि नै आन्तरिक उडान खुला हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १६, बुधबार (७ महिना अघि)
  • ६० पटक पढिएको
दसैँमा बिहान साढे चार बजेदेखि नै आन्तरिक उडान खुला हुने

असोज १६, काठमाडौँ । बाढी पहिरो तथा चाडपर्वका कारण बढेको हवाई चापलाई घटाउन काठमाडौंसहित मुख्य सुगम विमानस्थल अब बिहान ४ : ३० बजेदेखि खुला हुने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, यो नियम भोलि घटस्थापनादेखि पुर्णिमासम्म लागू हुने छ । यो नियमअनुसार उपकरणको सहायताबाट उडान सेवा हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी रहेका छन् ।

#आन्तरिक उडान

ताजा अपडेट

खोजी गर्नुहोस