जंगली हात्तीको आक्रमण

झापामा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ आश्विन १७, बिहिबार (७ महिना अघि)
  • ५७ पटक पढिएको
झापामा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

असोज १७, झापा । झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका ३ की अन्दाजी ६५ वर्षीय वाङदी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार बिहीबार बिहान ९ बजेतिर हल्दिबारी ३ स्थित रणकाली सामुदायिक जंगलमा घाँस काटी फर्कने क्रममा गुरुङमाथि हात्तीले आक्रमण गरेको थियो । ८ देखि १० वटा हात्तीले लखेटेका उनलाई लछारपछार गरी कुल्चिएर मारेको डीएसपी चन्दले बताए ।

#जंगली हात्तीको आक्रमण

ताजा अपडेट

खोजी गर्नुहोस