|सडक अवरुद्ध मध्यविन्दु (नवलपरासी), १५ असार ः पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्ने क्षेत्रमा पहिरो जाँदा रोकिएका सवारीसाधन । दाउन्ने खण्डमा तीन ठाउँमा पहिरो जाँदा गएरातिदेखि सडक अवरूद्व भएको छ । तस्बिर ः विष्णुप्रसाद गौडेल÷ रासस
असोज १८, काठमाण्डौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा फेरि सडक भासिएको छ । पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार करिब २० फिट लम्बाइ र ५ फिट सडक भासिएको हो । भासिएको सडक मर्मत भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने जाने सवारी रोकिएका छ्न् । यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो । अहिले वर्दघाट र दुम्कीबास क्षेत्रमा सवारी साधनको लामो लाम लागेको छ ।
दाउन्ने क्षेत्रमा नारायणगढ बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ । चाडबाडको समयमा पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले हैरानी खेप्न परिरहेको छ ।