८ किलो सुनसहित हेटौंडाबाट दुईजना भारतीय नागरिक पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १९, शनिबार (७ महिना अघि)
  • ६८ पटक पढिएको
८ किलो सुनसहित हेटौंडाबाट दुईजना भारतीय नागरिक पक्राउ

असोज १९, हेटौंडा । मकवानपुर प्रहरीले ८ किलो सुनसहित मकवानपुरबाट दुई जनालाई पक्राउ गरेको छ । हेटौँडा–१५ रातोमाटे चेकिङ पोस्टबाट प्रहरीले ८ किलो ४३।९७ ग्राम सुन बरामद गरेको हो ।

प्रहरीले विशेष सूचनाको आधारमा हेटौँडा १५ रातोमाटे चेकपोष्टस्थित पूर्वपश्चिम सडक खण्डमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा सुन बरामद भएको थियो ।

प्रहरीले स्कुटरमा सबार भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षको अभिषेक अजिनाथ कुटी र सोही स्थान बस्ने २७ वर्षको राहुल भिट्टिहाल बाडलाई पक्राउ गरेको छ । बरामद भएको सुनको बजार भाउ ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको बताइएको छ ।
मकवानपुर प्रहरीको प्रमुख भएर एसपी विश्व खड्का हेटौंडा आएपछि उनले चेकजाँच र तस्करी नियन्त्रणमा कडाइ गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस