काठमाडौंबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना : एक जनाको मृत्यु, ५ घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १९, शनिबार (७ महिना अघि)
  • ८० पटक पढिएको
काठमाडौंबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना : एक जनाको मृत्यु, ५ घाइते

असोज १९, काठमाडौँ । काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटको काफलडाँडामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा गाडी चालकको मृत्यु भएको र अन्य दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये एक जना पुरुषको अवस्था गम्भीर छ ।

बा१४च ३८५५ नम्बरको गाडी आज बिहान करिब ८ बजे टोखा-छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खस्दा चालकको मृत्यु भएको हो । उनको सनाखत नभएको प्रहरीले जनाएको छ । उक्त गाडी नागढुंगातर्फको जाम छल्न नुवाकोट हुँदै गल्छी निस्किएर लमजुङतर्फ जाँदै थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस