उमेर हदलाई हटाउन माग गर्दै आन्दोलनरत सरकार र ‘क्याबिन क्रु’ बीच सहमति, आजै काममा फर्किने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १९, शनिबार (७ महिना अघि)
  • ६७ पटक पढिएको
उमेर हदलाई हटाउन माग गर्दै आन्दोलनरत सरकार र ‘क्याबिन क्रु’ बीच सहमति, आजै काममा फर्किने

असोज १९, काठमाडौँ । ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलनमा नेपाल एयरलाइन्सका क्याबिन क्रु विमान परिचारक र परिचारिका आन्दोलन फिर्ता लिन सहमत भएका छन् । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेको उपस्थितिमा भएको दुई चरणको छलफलपछि ‘क्याबिन क्रु’ जारी आन्दोलन फिर्ता लिन सहमत भएका हुन् ।

४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रू विमान परिचारक र परिचारिका हड्तालमा उत्रिएपपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरूलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए । छलफलपछि नेपाल एयरलाइन्स ४५ वर्षको उमेर हद हेरफेर गर्न सकारात्मक भएको छ । त्यसका लागि विनियमावली परिवर्तन विषय प्रक्रियामा लाने सहमति भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस