सार्वजनिक यातायात र हवाई टिकट पाउनै मुस्किल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन २१, सोमबार (७ महिना अघि)
  • ६२ पटक पढिएको
सार्वजनिक यातायात र हवाई टिकट पाउनै मुस्किल

|काठमाडौँ, १९ असोजः काठमाडौँ गोगंबुस्थित नयाँ बसपार्कमा शनिबार दसैँका लागि घरतर्फ जान आएका यात्रु । तस्बिरः हरिराम भेटुवाल÷रासस

असोज २१, काठमाडौँ । बडादसैं मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको संख्या दिनहुँ बढ्दै गइरहेका छन् ।अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ ।

दसैं मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौं उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनका शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार चार सय ६५ जना काठमाडौंबाट बाहिरिएका छन् ।

दसैंका लागि काठमाडौँ उपत्यका छाड्नेका कारण अहिले यहाँका नाका तथा राजमार्गहरूमा गाडीको जाम लाग्ने गरेको छ । कतिपय ठाउँहरूमा सडक भत्किने तथा भासिने गरेका कारण सवारीसाधन चलाउन तथा यात्रुहरूलाई निकै सास्ती हुने गरेको गाडी चालक बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस