अख्तियारमा भ्रष्टाचारसम्बन्धी उजुरीका चाङ : ५० प्रतिशत बढी जनप्रतिनिधि र कर्मचारीविरुद्ध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन २१, सोमबार (७ महिना अघि)
  • ७० पटक पढिएको
अख्तियारमा भ्रष्टाचारसम्बन्धी उजुरीका चाङ : ५० प्रतिशत बढी जनप्रतिनिधि र कर्मचारीविरुद्ध

असोज २१, काठमाण्डौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारसम्बन्धी उजुरीका चाङ लागेको छ । अख्तियारमा परेका उजुरीको तथ्याङ्क हेर्दा भ्रष्टाचारका घटना बढेको सहजै देखिन्छ । अख्तियार सबैभन्दा बढी उजुरी संघीय मामिलाअन्तर्गत स्थानीय तहसँग सम्बन्धित छन् ।

आयोगका ०८०/८१ को प्रतिवेदनमा स्थानीय तह समेत गरी यो क्षेत्रसँग सम्बन्धित १० हजार ६१५ उजुरी परेको छ । अघिल्लो आर्थिक वर्षबाट ३,४६५ उजुरी सरेका छन् । त्यो समेत गर्दा संघीय मामिला क्षेत्रको १४ हजार ८० उजुरी  छन् । यो क्षेत्रमा ३८.९१ प्रतिशत उजुरी रहेको आयोगको तथ्याङ्कले देखाएको छ । त्यस्तै, शिक्षा क्षेत्र (स्थानीय तह समेत) सँग सम्बन्धित ४,५४३ उजुरी दर्ता छन् । अघिल्लो आर्थिक वर्षबाट सरेको उजुरीसहित कुल ५,७१२ उजुरी छ । भूमि प्रशासनका २,३४७ उजुरी आयोगमा दर्ता भएको छ । गत आर्थिक वर्षबाट यस क्षेत्रसँग सम्बन्धित १,१६९ उजुरी जिम्मेवारीबाट सरेको छ ।

त्यस्तै, वन तथा वातावरण क्षेत्रका एक हजार ७१ उजुरी ०८०/८१ मा दर्ता भएको छ । अघिल्लो आर्थिक वर्षका ३११ उजुरी जिम्मेवारीबाट सरेको थियो । ०८०/८१ मा स्वास्थ्य तथा जनसंख्या क्षेत्रसँग सम्बन्धित एक हजार ११७, भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका ८५२ उजुरी दर्ता गरिएको आयोगको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षबाट स्वास्थ्यका २१६ र भौतिकका ४५४ उजुरी सरेको आयोगले जनाएको छ ।

त्यस्तै, गृह प्रशासनका एक हजार १७७, अर्थको ६६८ उजुरी परेको छ । अघिल्लो आर्थिक वर्षबाट गृह प्रशासनका ९८ र अर्थका १०४ उजुरी जिम्मेवारीबाट सारिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइसँग सम्बन्धित ४९१, खानेपानीसँग सम्बन्धित ३९५ उजुरी दर्ता भएको देखिन्छ । ऊर्जाका २६९ र खानेपानीका १८८ उजुरी अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सारिएको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष ०८०/८१ मा गैरकानुनी सम्पति आर्जनसँग सम्बन्धित एक हजार ९४९ उजुरी आयोगमा दर्ता भएको छ । अघिल्लो आर्थिक वर्षबाट ५७६ उजुरी जिम्मेवारी सर्दा कुल दुई हजार ५२५ उजुरी रहेका छन् । त्यस्तै नक्कली शैक्षिक प्रमाणपत्रका ५२३ उजुरी दर्ता गरिएको आयोगले जनाएको छ । अघिल्लो आर्थिक वर्षबाट एक हजार १८२ उजुरी जिम्मेवारी सर्दा कुल एक हजार ७०५ उजुरी छन् । अन्य क्षेत्रका एक हजार ७३० उजुरी परेका छन् । अघिल्लो आ.वबाट ६७६ उजुरी जिम्मेवारी सर्दा दुई हजार ४०६ उजुरी अन्य क्षेत्रतर्फका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस