लेबनानमा शान्ति सेनामाथि इजरायली आक्रमणको नेपालद्वारा निन्दा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन २९, मंगलबार (७ महिना अघि)
  • ५१ पटक पढिएको
लेबनानमा शान्ति सेनामाथि इजरायली आक्रमणको नेपालद्वारा निन्दा

असाेेज २९, काठमाडौं । नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलले हालै गरेको आक्रमणको कडा निन्दा गरेको छ ।परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह समेत गरेको छ .

सामाजिक सञ्जाल एक्समार्फत मन्त्रालयले भनेको छ, ‘नेपाल संयुक्त राष्ट्र संघको अन्तरिम बल (यू.एन.आई.एफ.आई.एल) का शान्ति सैनिकमाथि हालै भएको आक्रमणको कडा निन्दा गर्दछ । साथै संघर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ । यस्ता आक्रमण तत्काल रोक्नु पर्दछ र घटनाको गहन अनुसन्धान गर्नु पर्दछ ।’

संयुक्त राष्ट्रसंघका अनुसार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना आइतबार जबरजस्ती प्रवेश गरेका थिए । यस घटनाले शान्ति सेना र इजरायली सेनाबीच तनाव बढेको थियो । त्यसको भोलिपल्ट इजरायली सेनाले हिजबुल्ला लक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिक समेत घाइते भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस