मुस्ताङ मार्फामा कारसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन २९, मंगलबार (७ महिना अघि)
  • २७ पटक पढिएको
मुस्ताङ मार्फामा कारसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

असाेज २९, मुस्ताङ । मुस्ताङको मार्फा नजिकै कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ । जोमसोमबाट लेते आउँदै गरेको ना १ च ७६९२ नम्बरको कार र पोखराबाट जोमसोम जाँदै गरेको बा ७६ प ४२१० नम्बरको मोटरसाइकल मार्फा नजिकै ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी सूर्यबहादुर बोगटीका अनुसार लाइसेन्सका आधारमा मृत्यु व्यक्ति गोरखा आबुखैरेनीका सञ्जय खड्का हुन् । घाइते खड्काको उपचारका लागि मुस्ताङ अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको डीएसपी बोगटीले जानकारी दिएका छन् । घटनापछि कार  चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस