लोड गरिएको तीन राउण्ड गोली र एक थान पेस्तोलसहित एक जना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन २९, मंगलबार (७ महिना अघि)
  • २५ पटक पढिएको
लोड गरिएको तीन राउण्ड गोली र एक थान पेस्तोलसहित एक जना पक्राउ

 असाेज २९, भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक थान पेस्तोलसहित आज एक जनालाई पक्राउ गरेको छ । काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ स्थायी घरभई हाल सूर्यविनायक नगरपालिका–८ रानीकोट बस्दै आएका ३६ वर्षीय प्रेम तामाङले हतियार बोकी हिंडिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरी टोलीले घरबाटै तीन राउण्ड गोली लोड भएको मेडइन यूएसए लेखिएको पेस्तोलसहित तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । म्याद थप गरी आजै तामाङमाथि थप अनुसन्धान सुरु गरिएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस