दुर्घटना

सप्तरीमा बस दुर्घटना : एकजनाको घटनास्थलमै मृत्यु, २६ घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ४, आईतबार (७ महिना अघि)
  • ५४ पटक पढिएको
सप्तरीमा बस दुर्घटना : एकजनाको घटनास्थलमै मृत्यु, २६ घाइते

कार्तिक ४, काठमाण्डौँ । कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो ।
उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो ।

#दुर्घटना

ताजा अपडेट

खोजी गर्नुहोस