मौसम

बागमती, मधेश र कर्णालीमा बिहानैदेखि वर्षा, यस्ताे रहनेछ आज देशभरको मौसम

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ६, मंगलबार (६ महिना अघि)
  • ७४ पटक पढिएको
बागमती, मधेश र कर्णालीमा बिहानैदेखि वर्षा, यस्ताे रहनेछ आज देशभरको मौसम

कार्तिक ६, काठमाडौँ । अहिले मधेश, बागमती र कर्णाली प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षाको भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार ​आज ​दिउँसो कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । त्यस्तै, बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

राति भने पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

#मौसम

ताजा अपडेट

खोजी गर्नुहोस