मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान : आगामी तीन दिनसम्मै यी प्रदेशमा वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ८, बिहिबार (६ महिना अघि)
  • ६१ पटक पढिएको
आजको मौसम पूर्वानुमान : आगामी तीन दिनसम्मै यी प्रदेशमा वर्षाको सम्भावना

कार्तिक ८, काठमाण्डौँ । मौसम पूर्वानुमान महाशाखाले आज कोशी प्रदेश लगातय देशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ ।
महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।

महाशाखाले आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने बताएको छ । यस्तै कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राती कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

# मौसम पूर्वानुमान

ताजा अपडेट

खोजी गर्नुहोस