कार्तिक १०, काठमाण्डाैँ । काठमाडौँको सामाखुसी घर भएका ३० वर्षीय रोशन थापा मुग्लिनबाट बेपत्ता भएका छन् । गत कार्तिक ७ गते मुग्लिन स्थित मामाघरबाट बेपत्ता भएका उनको खोजीका लागि परिवारले आग्रह गरेको छ ।
मामाघरको हजुरआमा स्वर्गारोहण भएको शोकले तनावमा रहेका बेला उनी बेपत्ता भएका हुन् । कार्तिक ७ गते बिहान ६ बजेदेखि नै सम्पर्कमा नआएपछि रोशनको परिवारले खोजीका लागि स्थानीय प्रहरीलाई समेत आग्रह गरेका छन्।
बेपत्ता रोशनको खोजी कार्य जारी रहेकाले भेट्नुहुने नागरिकले बुवा रेशम थापाको सम्पर्क नम्बर ९८ ४१८१९१४१ र आमा रमा बुढाथोकीको फोन नम्बर ९८४३८१४४४७ वा प्रहरीको नम्बर १०० मा सम्पर्क गरिदिन समेत आग्रह गरिएको छ।