झन्डै एक दर्जन फन्का मारेको थाई एयर अवतरण गर्यो, कारण के हो ?

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ कार्तिक ११, आईतबार (६ महिना अघि)
  • ७९ पटक पढिएको
झन्डै एक दर्जन फन्का मारेको थाई एयर अवतरण गर्यो, कारण के हो ?

कात्तिक ११,काठमाडौँ । नेपालमा उडान अनुमति ‘एक्स्पायर’ (म्याद सकिएको) थाई एयर एसियाको जहाजलाई अन्ततः मानवीयताका आधारमा काठमाडौंमै अवतरण गर्न अनुमति दिइएको छ ।

झन्डै एक दर्जन फन्का मारेको थाई एयर एसियाको उक्त जहाज भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जहाजमा रहेका यात्रुको सुरक्षा र मानवीयताका आधारमा जहाजलाई काठमाडौंमा अवतरण अनुमति दिइएको बताए ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार थाई एयर एसियाले ल्याएको जहाजको अवतरण अनुमति शनिबारसम्मको मात्र थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस