उडान अनुमति नलिई काठमाण्डौ आएको थाई एअर एशियालाई कारबाही

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ कार्तिक १२, सोमबार (६ महिना अघि)
  • ५५ पटक पढिएको
उडान अनुमति नलिई काठमाण्डौ आएको थाई एअर एशियालाई कारबाही

कात्तिक १२,काठमाडौँ । उडान अनुमति नलिई काठमाण्डौ आएको थाई एअर एशियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । थाइल्यान्डबाट काठमाण्डौ आएको विमानलाई अवतरण गर्न दिएर प्राधिकरणले कारबाही गरेको हो । झन्डै एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार थाई एअर एशियाको उडान तत्कालका लागि निलम्बन गरिनुका साथै नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको छ ।

सूचना अधिकारी भूलले थाई एअर एशियाको विमानको शनिवारसमम्म मात्रै उडान अनुमति रहेकाले आजको उडानलाई ुविशेष चार्टर्डु उडानको अनुमति दिइएको जानकारी दिए । ‘विमानलाई धेरै समय होल्डिङ गर्दा सुरक्षाको विषय पनि आउँछ’, उनले भने, ‘यात्रुको सुरक्षा र मानवीयता कारणले आइतबारको उडानलाई अनुमति दिएर विमान अवतरण गरिएको हो । अब तत्कालका लागि नेपालको सम्पूर्ण अनुमति रद्द गरिएको छ । जीएसए पनि रद्द भएको छ ।’

थाई एअर एशियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो ।

प्राधिकरणले आइतबारदेखि अन्तर्राष्ट्रिय उडानको हिउँद तालिका बनाएको थियो । अनुमति नलिई विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारबाही गरेको हो । प्राधिकरणले (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५० सम्मको उडान तालिका सार्वजनिक गरेको छ । थाई एअर एशियाले गएको असोज १६ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान शुरू गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस