देशभर पश्चिमी वायुको सामान्य प्रभाव : केही स्थानमा हल्का वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक १३, मंगलबार (६ महिना अघि)
  • ७० पटक पढिएको
देशभर पश्चिमी वायुको सामान्य प्रभाव : केही स्थानमा हल्का वर्षाको सम्भावना

कार्तिक १३, काठमाण्डौँ । देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगको मौसम मुख्यतया सफा रहने छ ।
आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति पनि कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
देशभर पश्चिमी वायुको साथै पहाडी भूभागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस