मृत्यु दर्ताको प्रमाण सहित कृयापुत्रीको घरमा वडाअध्यक्ष !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक १४, बुधबार (६ महिना अघि)
  • ७७ पटक पढिएको
मृत्यु दर्ताको प्रमाण सहित कृयापुत्रीको घरमा वडाअध्यक्ष !

कार्तिक १४, काठमाण्डौँ । सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकढी नगरपालिका वडा नं १० का वडा अध्यक्ष निल बहादुर तामाङ(सुमन) ले आफ्नो वडाका नागरिकको मृत्यु भएको खण्डमा श्रदान्जली व्यक्त गर्दै शोकाकुल परिबारमा समबेदना दिन घरघर जाने क्रममा मृत्यु दर्ताको प्रमाण पत्र समेत घरैमा गएर दिन शुरु गरेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १०का रेशम बहादुर खड्का,रेल बहादुर खड्का र रामशरण खड्काको माता को कार्तीक १० गते निधन भएको थियो । यसरी दुख परेको बेलामा घरघरमा आएर मृत्यु दर्ता प्रमाण पत्र समेत दिने कामको शुरुवात भएकोमा वडाअध्यक्षले राम्रोकामको शुरुवात गरेको बताउदै कृयापुत्री रेशम खड्काले जे हुन थियो भयो तर हामीलाइ वडाबाट पाउँन पर्ने सुबिधा घरमा नै आएर दिएकोमा वडाअध्यक्षको उक्त कार्यको प्रशंसा गरे ।

समेबेदना प्रकट गर्दै वडाअध्यक्ष निल बहादुर तामाङले वडाका कोही पनी नागरिकलाइ वडाबाट पाउँने सुबिधा सम्भव भए सम्म घरघरमा उपलब्ध गराउँनका लागी आफु लागी परेको र असाय, अपाङ्गता भएका ब्यक्ती जेष्ठ नागरीक परीचय पत्र नबीकरण र उँहाहरुले पाउँने सामाजिक सुरक्षा भत्ता समेत घर दैलो अभियान गरेर बितरण गरिरहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस