आज केही ठाँउमा बर्षा हुने सम्भावना

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ कार्तिक १९, सोमबार (६ महिना अघि)
  • २९ पटक पढिएको
आज केही ठाँउमा बर्षा हुने सम्भावना

कात्तिक १९,काठमाडौँ । बागमती प्रदेश र कोशी प्रदेशको केही पहाडी भू–भागमा आज हल्का वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार सोमबार विशेष गरी बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान, बाँकी पहाडी भू–भागको थोरै स्थान तथा तराईका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हल्का वर्षा हुने भएकाले यसबाट खासै प्रभाव नपर्ने वरिष्ठ मौसमविद् कँडेलले उल्लेख गरिन् । मङ्गलबारदेखि क्रमिकरुपमा मौसममा सुधार हुँदै जाने उनले जानकारी दिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस