सुर्खेत–दैलेख सीमास्थित रातानाङ्ग्ला सवारी दुर्घटना : चारको मृत्यु, २५ जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २३, शुक्रबार (६ महिना अघि)
  • ६५ पटक पढिएको
सुर्खेत–दैलेख सीमास्थित रातानाङ्ग्ला सवारी दुर्घटना : चारको मृत्यु, २५ जना घाइते

कार्तिक २३, सुर्खेत । सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर नगरपालिका–१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

आज दिउँसो साढे २ बजेतिर दैलेख बजारबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको गुराँस गाउँपालिका–८ का वडाध्यक्ष दिपेन्द्र वलीले जानकारी दिए ।

दुर्घटनामा परी २५ जना घाइते भएको उनले बताएका छन् । घाइतेको उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । २९ जना सवार उक्त गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस