मौसम पूर्वानुमान

मौसम पूर्वानुमान : देशका पहाडी भू–भागमा बदली, हिमाली भेगमा हिमपातको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २५, आईतबार (६ महिना अघि)
  • ६२ पटक पढिएको
मौसम पूर्वानुमान : देशका पहाडी भू–भागमा बदली, हिमाली भेगमा हिमपातको सम्भावना

कार्तिक २५, काठमाण्डौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ ।
महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाले आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताएको छ ।
साथै देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको तथा देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । महाशाखाका अनुसार देशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

#मौसम पूर्वानुमान

 

ताजा अपडेट

खोजी गर्नुहोस