आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल निर्माण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २९, बिहिबार (६ महिना अघि)
  • ६६ पटक पढिएको
आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल निर्माण

कार्तिक २९, नुवाकोट । विसंं २०२० मा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा आठ करोडको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको हो । विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठका अनुसार भारी सवारी साधन पनि सञ्चालन गर्न मिल्ने उक्त पुल बनेपछि नुवाकोट र धादिङका सर्वसाधारणको आवागमन सहज भएको छ । ११ मिटर चौडा भएको दुई ‘लेन’को पुल निर्माणको लागि सरकारको आठ करोड लगानी भएको छ ।

‘डिजाइन एण्ड बिल्ड मोडल’ अन्तर्गत ‘बक्स कडर प्रिस्टेस’ प्रविधिमा नयाँ निर्माण भएको पुल सुरक्षित, बलियो र तोकिएभन्दा अधिक भारवहन क्षमता भएको पुल निर्माणकर्ता भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । नवनिर्मित पुलबाट यातायातका साधन सञ्चालन भएका छन् । यसअघिको ट्रस ब्रिज आठ मेट्रिक टन क्षमताको एक लेनको थियो । यो पुलको भारवहन क्षमता ३५ मेट्रिक टन छ ।

ताजा अपडेट

खोजी गर्नुहोस