दार्चुलाको शैल्यशिखरमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ३०, शुक्रबार (६ महिना अघि)
  • ६० पटक पढिएको
दार्चुलाको शैल्यशिखरमा जीप दुर्घटना, ६ जनाको मृत्यु

कार्तिक ३०, काठमाण्डौँ । दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मालिकार्जुनबाट गोकुलेतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका ६ मा ​ दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनाका मृतकहरूको शव घटनास्थलमै छ। उनीहरूको पहिचान खुलिसकेको छैन । उद्धार कार्य जारी रहेको छ । घाइतेहरूलाई उपचारका लागि गोकुले अस्पताल पठाइएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस