मंसिर २, काठमाण्डौँ । सिरहा र धनुषाको सीमामा बग्ने कमला नदिमा शुक्रबार नुहाउने क्रममा डुबेका दुई जना बालकको शव आइतबार भेटिएको छ । सिरहा कर्जन्हा१ उत्तरवाहिनी घाटमै नुहाउने क्रममा डुबेका मिर्चैया ५ का १५ वर्षीय लक्ष्मण साहको शव केहिसमय अघि भेटिएको सिरहा प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले बताए । पानीमा तैरिरहेको अवस्थामा उनी मृत भेटिएका हुन् ।
त्यस्तै सिरहा नगरपालिका९१५ का १४ वर्षीय अभिषेक यादवको शव पनि कमला नदीमै आइतबार नै भेटिएको छ । अभिषेक सिरहा ६ बसपिट्टा घाटमा डुबेका थिए । मिर्चैया नगरपालिका ५ का १५ वर्षीय रोशन मण्डलको शव भने शुक्रबार नै भेटिएको थियो ।
रोशन कर्जन्हा नगरपालिका १ स्थित उत्तरवाहिनी घाटमा शुक्रबार बिहान पूर्णिमा नुहाउने क्रममा डुबेका थिए । अभिषेक सिरहा ६ बसपिट्टा घाटमा पूर्णिमा नुहाउने क्रममा डुबेर बेपत्ता थिए । लक्ष्मण उत्तरवाहिनीमा पूर्णिमा नुहाउने क्रममा डुबेर बेपता भएको थिए । प्रहरीले शुक्रबारदेखि खोजतलास गरिरहेका थिए। नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफन्तको सहयोगमा उनीहरूको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले बताए ।