आजको मौसम पूर्वानुमान : पहाडी भागमा आंशिक बदली, अन्य स्थानमा मौसम मुख्यतया सफा रहने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर ३, सोमबार (६ महिना अघि)
  • ६७ पटक पढिएको
आजको मौसम पूर्वानुमान : पहाडी भागमा आंशिक बदली, अन्य स्थानमा मौसम मुख्यतया सफा रहने

मंसिर ३, काठमाडौँ । देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस