शनिबारदेखि काठमाडौंका यी ठाउँमा ४ घण्टा बिजुली नहुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर ६, बिहिबार (५ महिना अघि)
  • ६५ पटक पढिएको
शनिबारदेखि काठमाडौंका यी ठाउँमा ४ घण्टा बिजुली नहुने

मंसिर ६, काठमाडौँ । शनिबारदेखि मंसिर ८ करिब एक हप्ता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिजुली जाने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र जोरपाटी वितरण केन्द्रअन्तर्गतका विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि बिजुली कटौती गर्न लागिएको जनाएको छ ।
बिजुली बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कटौती हुनेछ । मंसिर ८ गते साँखु बजार क्षेत्र, १० र १२ गते स्वयम्भू क्षेत्र, १३ गते स्युचाटार सबस्टेसन क्षेत्र, १४ गते फिकल क्षेत्र र १५ गते पुनः स्वयम्भू क्षेत्रमा बिजुली जाने प्राधिकरणले जनाएको छ । साथै, मौसम प्रतिकूल रहेमा विद्युत् कटौती नहुने पनि प्राधिकरणले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस