मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान : चार प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर ७, शुक्रबार (५ महिना अघि)
  • ५४ पटक पढिएको
आजको मौसम पूर्वानुमान : चार प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

मंसिर ७, काठमाण्डौँ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत छ । आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

#मौसम पूर्वानुमान

ताजा अपडेट

खोजी गर्नुहोस