मंसिर १३, काठमाण्डाैँ । अखिल नेपाल महिला संघ गण्डकी प्रदेश कमिटीले महिला बिरुद्ध हिंसा अन्त्यको १६ दिने अभियान अन्तर्गत ३० वर्ष भन्दा कम उमेरका युवा महिलाकाे बिचमा २०८१ मंसिर १० गते बक्तृत्वकला कार्यक्रम सम्पन्न गरेकाे छ ।
पाेखराकाे सृजनाचाेक स्थित साईमन पार्टी प्यालेसमा संचालन भएकाे उक्त कार्यक्रममा ९ जिल्लाका १८ जना युवा महिलाकाे सहभागीता रहेकाे थियाे । कार्यक्रमकाे शीर्षक महिला हिंसा न्युनिकरणमा युवाकाे भुमिका रहेकाे थियाे ।
कार्यक्रममा नवलपुर जिल्लाबाट सहभागी पुजा पराजुली प्रथम, म्यादीवाट सहभागी समीक्षा पाैडेल द्राेश्राे, कास्कीको अदिति बास्ताेला तृतीय र पर्वतकाे कल्पना रेग्मी सान्त्वना हुनु भएकाे थियाे । कार्यक्रममा पुरस्कार स्वरुप प्रथमलाई नगद रु १० हजार र प्रमाण पत्र, दाेश्राेलाई रु ७ हजार र प्रमाण पत्र, तृतीयलाई रु ५ हजार र प्रमाण पत्र, सान्त्वनालाई रु ३ हजार र प्रमाण पत्र पुरस्कारको ब्यबस्था आयाेजकले गरेकाे थियाे ।
प्रतियाेगितामा पुरस्कार बिजेताहरुलाई कार्यक्रमकाे प्रमुख अतिथि संघकाे केन्द्रीय सचिव नरदेवि पुनले पुरस्कार बितरण र कार्यक्रमकाे अध्यक्ष एवं संघका गण्डकी अध्यक्ष हिरा गिरीले खादा, अबिर र प्रमाण पत्र बितरण गर्नु भएकाे थियाे ।
कार्यक्रमकाे निर्णायककाे संयाेजक गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डिल कुमारी पाैडेलले गर्नु भएकाे थियाे । भने कार्यक्रममा पार्टी प्रदेश अध्यक्ष नबराज शर्मा, संघकाे केन्द्रीय सदस्यहरु शुशिला पराजुलि, देवका पहारी र कार्यक्रम प्रमुख अतिथि संघका केन्द्रीय सचिव नरदेवि पुनले अभियानकाे बिषयमा मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रममा स्वागत मन्तब्य संघका प्रदेश उपाध्यक्ष पार्वता तिवारी, संचालन संघका सचिव खरमाया बिटालु, कार्यक्रमकाे अध्यक्ष हिरा कुमारी गिरीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।
कार्यक्रम अनेमसंघकाे ईतिहासमा नमुना र प्रभाबकारी रहेकाे एक सहभागी नेताले जनाउनु भएकाे थियाे । अनेमसंघले देशै भरि विभिन्न कार्यक्रम गरि याे अभियान मनाई रहेकाे छ ।