मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान : चक्रवात “फेनजल” को आंशिक प्रभाव,सामान्य बदलीको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १७, सोमबार (५ महिना अघि)
  • ५४ पटक पढिएको
आजको मौसम पूर्वानुमान : चक्रवात “फेनजल” को आंशिक प्रभाव,सामान्य बदलीको सम्भावना

मंसिर १७, काठमाडौँ । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव तथा बङ्गालको खाडीमा रहेको चक्रवात “फेनजल” को आंशिक प्रभाव रहेको छ ।
जसको कारण तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने अन्य भागमा मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहने छ भने बाँकी भागमा मौसम सफा रहने छ ।

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज, राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।

#मौसम पूर्वानुमान

ताजा अपडेट

खोजी गर्नुहोस