एक सातादेखि नागढुङ्गा सुरुङ मार्ग निर्माण कार्य बन्द, घर र जग्गाको मुआब्जा दिनुपर्ने माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १७, सोमबार (५ महिना अघि)
  • ६५ पटक पढिएको
एक सातादेखि नागढुङ्गा सुरुङ मार्ग निर्माण कार्य बन्द, घर र जग्गाको मुआब्जा दिनुपर्ने माग

मंसिर १७, काठमाडौँ । नागढुङ्गा सुरुङ मार्ग निर्माण कार्य बन्द छ । स्थानीयले जग्गाको मुआब्जा माग गर्दै निर्माणमा अवरोध पुर्‍याएका कारण काम बन्द भएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीको भनाई छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का स्थानीयले मंसिर ९ गतेदेखि अवरोध सुरु गरेको पन्थीको भनाइ छ ।
घरहरुमा क्र्याक आएको समेत पैसा र घर भएको स्थानको जग्गाका मुआब्जा माग गर्दै निर्माणमा अवरोध हुन् ।

पन्थीकाअनुसार सुरुङमार्गको निर्माणका क्रममा सुरुङ्गमार्गको माथिल्लो भाग चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा पर्ने जग्गामा बनेका ७ वटा घर चर्किएको थियो । त्यहिबेला घरधनीहरूले चर्किएका घरको क्षतिपूर्ति माग गर्दै सुरुङ मार्ग निर्माणमा अवरोध सिर्जना गरे । स्थानीयको अवरोधपछि नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले घरहरूको क्षतिपूर्ति दिने प्रतिविद्धतासँगै प्रक्रिया अघि बढाइसकेको छ ।

अहिले फेरी स्थानीयले जग्गाको पनि मुआब्जा माग गर्दै सुरुङ मार्ग निर्माणमा अवरोध गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस