जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा 2G/4G मोबाइल सेवा विस्तार

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ मंसिर १८, मंगलबार (५ महिना अघि)
  • ४७ पटक पढिएको
जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा 2G/4G मोबाइल सेवा विस्तार

मंसिर १८, काठमाण्डौँ ।  नेपाल टेलिकमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका वडा नं. २ मा नयाँ साइट निर्माण गरी मिति २०८१ मङ्सिर १६ गते देखि 2G/4G मोबाइल सेवा सञ्चालन गरिएको हो ।

जिल्लाको अति विकट पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै उक्त गाउँपालिकाका वडा नं. १, २ र ३ अन्तर्गतका गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँ लगायत स्थानमा बसोबास गर्ने वासिन्दाहरु पहिलो पटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन् ।

दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पु¥याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले उक्त स्थानका ग्राहकहरुको मागलाई लक्षित गरी Voice तथा Data सेवाको विस्तार गरेको छ । यससँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरु तथा यस क्षेत्रका पर्यटन लगायत अन्य व्यवसायीहरुले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने विश्वास कम्पनीको रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस