भैरहवामा कार र बस ठोक्किँदा दुई जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर २२, शनिबार (५ महिना अघि)
  • ७८ पटक पढिएको
भैरहवामा कार र बस ठोक्किँदा दुई जनाको मृत्यु

मंसिर २२, काठमाण्डौँ । भैरहवा–तौलिहवा सडक खण्डअन्तर्गत शुद्धोधन गाउँपालिका–३, गुलरीमा बस र कार एकापसमा ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको छ । भैरहवादेखि तौलिहवा आउँदै गरेको लु २ ख २३१ नम्बरको बसले तौलिहवाबाट भैरहवा जाँदै गरेको बा १४ च ७४४८ नम्बरको कारलाई शनिबार बिहान ठक्कर दिँदा कार चालक कपिलवस्तुको वाणगंगा नगरपालिका–४, हरिहरपुर बस्ने ४५ वर्षीय इन्द्रबहादुर सार्की र प्यूठानको पकला–७ बस्ने ४३ वर्षीय निमबहादुर सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बताए ।

कारसँगै लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल पनि बससँग ठोक्किएको थियो । दुर्घटनामा १४ जना घाइते भएका छन्। उनीहरूको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस