मंसिर २४, काठमाण्डौँ । रौतहटमा माछा मार्न गएका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ । गाउँ नजिकै बाढीको पानीले बनाएको खाल्डोमा जमेको पानीमा डुबेर दुइ शिशुको मृत्यु भएको हो ।
रौतहटको देवाही गोनाही नगरपालिका २ करुनिया लक्ष्मिनियाटोल स्थित लाल बकैया नदिको छेउमा डुब्दा शेख मनाउल्लाको ६ वर्षीया छोरी सबाना खातुन र उनकै तीन वर्षिय छोरा अब्दुल रहमानको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु बौधिमाइ नगरपालिका ५ कोपवा टोलबाट मामाघर आएका थिए ।
दुबै बालबालिका देवाही गोनाही नपा २ लक्ष्मिनिया करुनिया मामा घर आएका थिए। उनीहरु आइतबार अबेर साझ माछा मार्न गएका थिए । गत मङ्सिर १४ गते गरुडा नगरपालिका २ गेडही गुठिका दुई किशोरहरुको पनि लमहा नदिमा डुबेर मृत्यु भएको थियो ।