मंसिर २४, काठमाडौँ । एपेक्स कलेजले सन् २०२४ का विद्यार्थीहरूका लागि विशेष दीक्षान्त समारोहको आयोजना गरेको छ । सन् २०२४ मा कलेजबाट कूल २ सय ५८ विद्यार्थीहरू दीक्षित भए । समारोहमा १ सय ५० स्नातक तह उत्तीर्ण र १ सय ८ स्नातकोत्तर उत्तीर्ण विद्यार्थीहरू छन् ।
वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको कलेजले जानकारी दिएको छ । यी विद्यार्थीहरूले आफ्नो उत्कृष्ट उपलब्धि र उज्ज्वल भविष्यको सम्भावनालाई मद्दत पुर्याउँदै इनोभेट नेपाल ग्रुपका कलेजहरूमा आफ्नो स्नातकोत्तर शिक्षा जारी राख्ने कलेजले जानकारी दिएको छ ।
यस वर्षको छात्रवृत्ति एपेक्स कलेज बिबिए बैङ्किङ र इन्स्योरेन्सका विद्यार्थी यादव प्रसाद पाण्डेलाई प्रदान गरिएको कलेजले जानकारी दिएको छ । उनी एपेक्स कलेजका १ सय ५० विद्यार्थीहरूमध्येबाट छानिएका हुन् । उनले एपेक्स कलेजमै एमबिए अध्ययनलाई निरन्तरता दिने छन् ।