प्रतिकूल मौसमले तराईका विभिन्न जिल्लामा आन्तरिक उडान प्रभावित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर २५, मंगलबार (५ महिना अघि)
  • ५६ पटक पढिएको
प्रतिकूल मौसमले तराईका विभिन्न जिल्लामा आन्तरिक उडान प्रभावित

मंसिर २५, काठमाडौँ । मौसम प्रतिकूलताका कारण मंगलबार तराईका विभिन्न जिल्लामा आन्तरिक उडान प्रभावित भएको छ । जसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षमा यात्रुहरुको भीड लागेको छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।

तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु लाग्नुका साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उडानमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस