युइएफए सुपर कपको उपाधि एथ्लेटिको मड्रिडलाई

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ श्रावण ३१, बिहिबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

साउन ३१,काठमाडौँ । रियल मड्रिडलाई हराउँदै एथ्लेटिको मड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ ।

एस्टोनियाको टेलिनमा भएको फाइनलमा एथ्लेटिकोले छिमेकी क्लब रियाललाई अतिरीक्त समयमा चार दुई गोलले हराउँदै उपाधि उचालेको हो । स्टार खेलाडी क्रिस्टियोनो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदान विना नै पहिलो पटक मैदानमा उत्रिएको रियालले निर्धारीत ९० मिनेटमा एक गोलको अग्रतालाई जोगाउन सकेन ।

खेलको पहिलो मिनेटमा नै डिएगो कोस्टाको गोलमार्फत एथ्लेटिकोले अग्रता बनाएको थियो । तर २७ औ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई एक एक गोलको अवस्थामा पुर्याए । पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ६३ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई दुई एकको अवस्थामा पुर्याए ।

तर ७९ औं मिनेटमा डिएगो कोस्टाले ब्यक्तिगत दोस्रो गोल गर्दा खेल दुई–दुई गोलमा पुग्यो ।

त्यसपछि खेल अतिरिक्त समयमा पुग्या । जसमा एथ्लेटिकोले दुई गोल गर्न सफल भयो । ९८ औं मिनेटमा साउल निगुइजले गोल गर्दा कोकीले एक सय चार मिनेटमा अर्को गोल थपे । जसका कारण साविक विजेता रियल स्तब्ध बन्यो । यो खेलमा रोनाल्डोको अनुपस्थिति निकै खड्कीएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस