लुका मोड्रिच : रियल मड्रिड र एसी मिलानबीचको विवाद फिफामा !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ भाद्र २, शनिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र २,काठमाडौँ । लुका मोड्रिचमाथि रियल र एसी मिलानबीचको मनमुटाव फिफासम्म पुगेको छ । मिलानले अवैधानिक रुपमा मोड्रिचलाई भित्र्याउन खोजेको भन्दै स्पेनिस क्लब रियल मड्रिडले फिफामा उजुरी दिएको छ ।

क्रोएसियन मिडफिल्डर लुका मोड्रिचलाई अवैधानिक तरिकाले क्लबमा अनुबन्ध गर्न खोजेको भन्दै रियलले फिफामा उजुरी हालेको फिफाले पुष्टि गरेको छ ।

इटालियन ट्रान्सफर विन्डो गएको शुक्रबारबाट बन्द भएको भएपनि मिलानले मोड्रिचलाई अनुबन्ध गर्न प्रयास जारी राखेको भन्दै रियलले फिफामा उजुरी दिएको हो ।

३२ वर्षीय मोड्रिच सन् २०१२ मा इन्ग्लिस क्लब टोटेनहमबाट रियल आएका थिए । रियलबाट उनले एक पटक ला लिगा र चार पटक च्याम्पियन्स लिग जितेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस