उज्वेकिस्तानद्वारा बंगलादेश पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ भाद्र ३, मंगलबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र ३, काठमाडौँ । उज्वेकिस्तानले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

सोमबार भएको खेलमा बंगलादेशलाई ३-० को सेटमा पराजित गर्दै उज्वेकिस्तानले विजयी सुरुवात गरेको हो ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा उज्वेकिस्तानले बंगलादेशलाई २५-१६, २५-१६ र २५-२३ को सेटमा पराजित गर्यो ।

जितसँगै समूह ‘बी’ को उज्वेकिस्तानले २ अंक जोडेको छ । बंगलादेशले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

अब उज्वेकिस्तानले दोस्रो खेलमा मंगलबार तुर्कमेनिस्तान र बंगलादेशले अफगानिस्तानको सामना गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस