माल्दिभ्सलाई हराउँदै किर्गीस्तान सेमिफाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ भाद्र ४, बुधबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र ४, काठमाडौं । किर्गीस्तान नेपालमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा मंगलबार माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै किर्गीस्तान अन्तिम चारमा पुगेको हो । किर्गीस्तानले माल्दिभ्सलाई २५-१५,२६-२४ र २५-१९ ले हरायो ।

माल्दिभ्सलाई हराएसँगै समूह ‘ए’ को किर्गीस्तान लगातार दोस्रो जित निकालेर सेमिफाइनल पुगेको हो । जितसँगै किर्गीस्तान समूह विजेता बन्यो । किर्गीस्तानले पहिलो खेलमा नेपाललाई ३-० कै सेटमा हराएको थियो । माल्दिभ्सको भने यो पहिलो हार हो । माल्दिभ्सले अंक जोड्न सकेको छैन ।

अब यस समूहबाट सेमिफाइनलमा पुग्ने एक टोलीको तय हुन बाँकि रहेको छ । बुधबार नेपाल र माल्दिभ्सबीच हुने खेलको विजेताले उपविजेताका रुपमा यस समूहबाट सेमिफाइनलमा स्थान बनाउने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस