भाद्र १४, काठमाडौं । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका डिफेन्डर क्रिस स्मलिङ लोनमा इटालियन क्लब रोमा जाने पक्का भएको छ ।
२९ वर्षे डिफेन्डर स्मलिङलाई लोनमा रोमा पठाउन युनाइटेड राजी भएको छ । युनाइटेडले एक सिजनको लागि स्मलिङलाई लोनमा पठाएको हो ।
इन्ग्लिश डिफेन्डर स्मलिङलाई युनाइटेडले २.७ मिलियन पाउण्डमा रोमा पठाएको हो । स्मलिङ मेडिकलका लागि रोमा समेत पुगिसकेको छन् ।
सन् २०१० मा फुलहमबाट युनाइटेड आएका स्मलिङको क्लबसँगको सम्झौता २०२२ सम्म रहेको छ ।
क्लबसँग ६ जना सेन्टर ब्याक डिफेन्डर रहेको र नियमित फुटबल खेलोस भनेर स्मलिङलाई लोनमा पठाएको प्रशिक्षक ओले गुनार सोल्सायरले बताए ।