चितवनमा वडाध्यक्ष कप फुटबल हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ भाद्र १४, शनिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र १४, काठमाडौं । चितवनको बनकट्टामा पहिलो संस्करणको वडाध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

श्री आयाम युवा समाजको आयोजनामा प्रतियोगिता भदौ २७ गतेबाट सुरु हुने भएको छ । नेपालीहरुको महान चाड दशैँको अवसरमा आयोजना हुने प्रतियोगिता नकआउटका आधारमा हुनेछ ।

कालिकास्थित बनकट्टा खेल मैदानमा हुने प्रतियोगितामा सहभागी टोलीको भने तय भएको छैन । आयोजकले भदौ २५ गतेसम्म दर्ता गर्ने टिमलाई समावेश गर्ने जनाएको छ । प्रतियोगितामा सहभागी हुन ८ हजार दर्ता शुल्क लाग्ने छ । एन्फामा दर्ता भएको क्लबलाई २० प्रतिशत छुट हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधि ट्रफीसहित १ लाख १ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछन् । उपविजेताले ५१ हजार १ सय ११ रुपैया पाउने छन् ।

यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही २ हजार ५ सय ५० रुपैया पाउने आयोजकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस