साफ यू-१८ च्याम्पियनसिपअन्तर्गत नेपाल र मालदिभ्स बराबरीमा रोकियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ आश्विन ४, शनिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असोज ४, काठमाडौं । तेस्रो दक्षिण एसियाली फुटबल महासंघ-साफ यू-१८ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल १-१ गोलको बराबरीमा रोकिएको छ ।

हल्चोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा शुक्रबार अपरान्ह सम्पन्न खेलमा नेपाल मालदिभ्ससँग १-१ गोलको बराबरीमा रोकियो ।

७४ औँ मिनेटमा नेपालका लागि मनिष डाँगीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । क्रसबाट आएको बलमा उनले हेड गोल गरेका थिए । त्यसअघि  १३ औँ मिनेटमा मालदिभ्सले पेनाल्टीमा गोल गर्दै अग्रता लिएको थियो ।

नेपाल  अघिल्ला दुवै संस्करणको विजेता हो । यसअघि सन् २०१५ मा नेपालमा आयोजित पहिलो संस्करणको फाइनलमा घरेलु टोलीले भारतलाई हराएको थियो ।

दुई वर्षअघि भुटानमा आयोजित दोस्रो संस्करणमा नेपालले बंगलादेशलाई हराएर उपाधि रक्षा गरेको थियो। यसपटक समूह ‘ए’मा रहेको नेपालले अन्य खेलमा भुटानसँग पनि खेल्ने छ ।

समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा आइतबार भुटानसँग खेल्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस